प्रतिबद्दता प्रबन्ध निर्देशक

बि.एस.सेक्युफोर्समा हामी निरन्तर बिकसीत हुँदै रोजगारदाता कम्पनि र उद्योगहरुको परिवर्तनशिल जनशक्ति मागको अनुकुल सुरक्षा प्रदान गर्दछौं । जसले ग्राहकहरुको सुरक्षा आवश्यकता पुरा गर्नेछ र उनिहरुको सुरक्षाको आश्वासन दिनेछ । हामी हाम्रा ग्राहक बर्गहरुलाई पूर्ण सुरक्षाको अनुभूति प्रदान गर्नेछौं । माया, ममता र प्रेरणा भनेको कर्मचारी बिकासको अभिन्न अंग हो । हाम्रा सुरक्षा कर्मीहरुमा पारिवारीक सिद्दान्त लागु गर्नुहोस र उनिहरुका लागी अनुकुल कार्यशील वातावरण सिर्जना गर्नुहोस ।

हामी वास्तवमै हाम्रा सुरक्षा कर्मीहरुको भलाईको ख्याल राख्छौं । त्यसेले प्रत्येक सुरक्षा कर्मीलाई उचित हेरचाह गरीन्छ र आदर पुर्वक व्यबहार गरीन्छ ।

हामी हाम्रो उपलब्धी र सफलतालाई हामीमा समर्पीत कर्मचारीहरुको श्रेय ठान्दछौं । किनभने हाम्रा सुरक्षा कर्मी तथा कर्मचारीहरु बिना हाम्रो लक्ष्य, उद्देश्य एवम् हामीले चाहेको तह सम्म पुग्न सम्भव छैन ।

बि.एस. सेक्युफोर्स प्रा.लि. का प्रत्येक सुरक्षा कर्मीहरु ग्राहकले चाहे अनुसारको सुरक्षा प्रदान गर्न शत प्रतिशत प्रतिबद्द छन् । हामी विगतका बर्षहरु देखी असंख्य महत्वपूर्ण प्रतिष्ठानहरुमा गुणस्तरीय सुरक्षा सेवा प्रदान गर्दै आईरहेका छौं । यस कारण हामी विस्वासका साथ भन्न सक्छौं की “निजी सुरक्षा बि.एस. सेक्युफोर्सको प्रतिबद्दता ।”

BeautyPlus_20200719153030241_save

                              विकास कुमार वाग्ले
                                  प्रबन्ध निर्देशक
                            बि.एस. सेक्युफोर्स प्रा.लि.